माेहन बतास फाउण्डेशनकाे नृत्य प्रतियाेगिता, १५ टाेली फाइनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    माेहन बतास फाउण्डेशनकाे नृत्य प्रतियाेगिता, १५ टाेली फाइनमा

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०८१, आईतवार

    दमौली । मोहन बतास फाउण्डेसनको आयोजनामा सञ्चालित नृत्य प्रतियाेगितामा १५ टाेली फाइनलमा पुगेका छन् ।

    फाउण्डेशनकाे आयाेजनामा दमाैलीमा भएकाे अडिसनबाट १५ टाेली फाइनलमा पुग्न सफल भएका हुन् । फाइनल असार ८ गते हुने भएकाे छ । विभिन्न चरणकाे अडिसनबाट १५ टाेली फाइनलमा पुगेकाे र साे टाेलीले फाइनलमा प्रतिस्पर्धा गर्ने फाउण्डेशनका संरक्षक माेहन बतासले खबरपुञ्जलाई जानकारी दिए ।

    फाउण्डेसनका सचिव सर्जन थापाका अनुसार फाइनलमा रेनिशा बान्तवा राई, आश्मा विश्वकर्मा, जेम्स प्रधान, प्रिती आले, दिपेन्द्र शाही ठकुरी निर्णायककाे रुपमा रहनेछन् । प्रतियोगितामा प्रथम हुनेले नगद रु एक लाख पुरस्कार पाउनेछ । दोस्रो हुनेले रु ५० हजार र तेस्रो हुनेले रु २५ हजार नगद पुरस्कार पाउनेछ ।