काठमाडौं । प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो चार बजेका लागि बोलाइएको छ ।
यसअघि गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको नीति तथा कार्यक्रम कांग्रेसको नाराबाजीबीच पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गरे।