डा. स्वर्णिम वाग्लेले भने – कांग्रेसको विरोध कर्मकाण्डी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    डा. स्वर्णिम वाग्लेले भने – कांग्रेसको विरोध कर्मकाण्डी

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०८१, आईतवार

    काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका सांसद स्वर्णिम वाग्लेले सहकारी बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति माग गर्दै प्रतिनिधिसभाको वेलमा नाराबाजी गरिरहेको कांग्रेसप्रति आक्रोश व्यक्त गरेका छन् । 

    प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद वाग्लेले संसद्मा कांग्रेसले गरिरहेको प्रस्तुति कर्मकाण्डी रहेको भन्दै आलोचना गरेका थिए ।

    कांग्रेसले बीपी कोइरालाले स्थापित गरेको मानकलाई यो अवस्थामा पुर्‍याएर लज्जास्पद कार्य गरेको वाग्लेको भनाइ थियो । ‘बीपी कोइरालाले स्थापित गर्नुभएको मानकलाई यो अवस्थामा पुर्‍याउने यो लज्जास्पद, यो औचित्यहीन विरोधप्रति मेरो घोर खेद छ । संसद्को ओज, गरिमा र उपादेयतालाई असान्दर्भिक बनाउने कदमप्रति खेद छ,’ वाग्लेले भने । सहकारीको समस्या समाधानउन्मुख हुनुपर्ने सांसद वाग्लेको भनाइ थियो ।