प्रभु बैंकका कर्मचारी र ग्राहकहरूले मनाङको फार्म हाउस होटलमा विशेष छुट पाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    प्रभु बैंकका कर्मचारी र ग्राहकहरूले मनाङको फार्म हाउस होटलमा विशेष छुट पाउने

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०८१, आईतवार

    पोखरा। प्रभु बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरूले मनाङको फार्म हाउस होटलमा विशेष छुट पाउने भएका छन्। यस सम्बन्धमा बैंकले होटलसँग सम्झौता गरेको छ।

    गत शुक्रबार एक समारोहका बीच होटलका तर्फबाट प्रोपाइटर समराज गुरुङ र बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

    सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा फार्म हाउस होटलमा उपलब्ध आवास, खाना र मनोरञ्जन लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।