यु-१५ का लागि दमौलीमा चार खेलको छनोट हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    यु-१५ का लागि दमौलीमा चार खेलको छनोट हुने

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०८१, आईतवार

    दमौली । पोखरामा हुने प्रदेश स्तरीय यु-१५ छात्रछात्रा जुनियर खेलकुद प्रतियोगिताका लागि दमौलीमा छनोट खेल हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद्को आयोजनामा जेठ ३०-३२ सम्म पोखरामा हुने प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट गर्न लागिएको हो ।

    बुद्धिचाल, बास्केटबल, व्याडमिन्टन र टेबलटेनिस खेलका लागि जेठ १९ गते छनोट खेल सञ्चालन हुने जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए ।