तनहुँमा लागुऔषध सहित तीन जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    तनहुँमा लागुऔषध सहित तीन जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०८१, आईतवार

    दमाैली । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेकाे छ । आँबुखैरेनीबाट दुई जना र म्याग्देबाट एक जनालाई आइतबार पक्राउ गरिएकाे हाे ।

    आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ स्थित पृथ्वीराजमार्ग सडक–खण्डबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन । प्रहरी टोलीले सवारी जाँद्व गर्ने क्रममा मुग्लिङतर्फबाट आँबुखैरेनी आउदै गरेको ग २१ प ९८१९ नम्बर को मोटरसाइकलमा सवार गोरखा जिल्ला पालुङटार नपा–७ बस्ने ४२ वर्षीय सन्जिव थापा र बन्दिपुर गापा–१ बस्ने ३६ वर्षीय सुवास सुनारले साथमा रहेको जेब्रा झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा ट्रामाडोल लेखिएको १७३० ट्याब्लेट नियन्त्रित लागु औषध
    सहित उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

    पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु भएको
    जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    यसैगरी म्याग्दे गाउँपालिका-५ धारापानीबाट लागुऔषध सहित २३ वर्षीय राहुल भन्ने धनबहादुर आले पक्राउ परेका छन् । अवैध रुपमा लागु औषधको कारोबार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा निजकाे डेराकोठामा खानतलासी गर्दा निजको कोठामा लुकाई राखेको लागु औषध ट्रामाडोल २७५ क्याप्सुल फेला परेको प्रहरीले जनाएकाे छ ।