कैलास सिरोहियाको पक्षमा बोलेका महजोडीले गल्ती स्वीकार्दै के भने ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कैलास सिरोहियाको पक्षमा बोलेका महजोडीले गल्ती स्वीकार्दै के भने ?

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०८१, सोमबार

    काठमाडौं । वरिष्ठ हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको बचाउमा बोलेकोप्रति क्षमायाचना गरेका छन् । कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका उनीहरूले त्यहीँबाट भिडिओ सन्देश जारी गर्दै दर्शकसँग माफी मागेका हुन् ।

    सिरोहिया पक्राउ परेपछि कान्तिपुर टीभीले महजोडीसँग प्रतिक्रिया लिएको थियो । त्यसमा उनीहरूले लोकतन्त्रको लागि कान्तिपुर र सिरोहियाले लडेको भन्दै उनको निर्दोषिताको वकालत गरेका थिए । उनीहरूको अभिव्यक्ति निकै विवादमा परिरहेको छ । प्रहरीले अनुसन्धान गरिरहेको विषयमा आरोपीको बचाउ गरेको भन्दै दुवैको आलोचना भएको छ ।

    मह जोडीले आफूहरूबाट त्रुटि भएको स्वीकार गरेका छन् । अपर्झट प्रतिक्रिया दिनुपर्दा अल्मलिएको उनीहरूको प्रष्टीकरण छ ।

    https://www.facebook.com/share/v/45U6CkGNXBuekJMM/?mibextid=WC7FNe