समाजवादी प्रेस संगठनद्वारा पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    समाजवादी प्रेस संगठनद्वारा पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०८१, सोमबार

    काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ।

    नेपाल पत्रकार महासंघले गैर पत्रकारहरूलाई समेटेर पत्रकारहरूको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै खारेजीको माग गर्दै सोमबार सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयको मुलगेटमा तालाबन्दी गरेको हो।

    गत जेठ ८ गतेको सहमति विपरित महासंघले गैर पत्रकारहरूलाई समेटेर महासंघको आगामी जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्नेगरी सो सदस्यता नामावली छापामार शैलीमा ल्याइएको त्यसको खारेजीको माग गर्दै केन्द्रीय कार्यालयमा तालाबन्दी लगाउनु परेको संगठनका अध्यक्ष विश्वमणि सुदेवीले बताए।

    उनले सो सदस्यता न्यायोचित नहुँदासम्म आफूहरूले महासंघको आगामी निर्वाचनको काममा अवरोध ल्याउने खालको गतिविधिलाई अघि बढाउने चेतावनी पनि दिए।