गणतन्त्र दिवसमा रक्तदान, १८ पिन्ट सङ्कलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गणतन्त्र दिवसमा रक्तदान, १८ पिन्ट सङ्कलन

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०८१, सोमबार

    दमाैली । गणतन्त्र दिवसको अवसरमा सोमबार तनहुँको दमौलीमा रक्तदान गरिएको छ । विविध कार्यक्रमका साथ गणतन्त्र दिवस मनाउने निर्णय बमोजिम व्यास नगरपालिका–३ अनसन चौतारीमा रक्तदान आयोजना गरिएको हो ।

    नेपाल रेडक्रस सोसाइटी तनहुँको आयोजनामा भएको रक्तदानमा १८ जनाले रगतदान गरेका थिए ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, कालीभञ्जन गण (इ) का सेनानी कुसुम पहारी, नेकपा (एमाले) का अध्यक्ष हरिराज कंडेल लगायत सहभागी थिए ।