तालघरेमा स्कुटरको ठक्करबाट मृत्यु महिलाको सनाखत, स्कुटर चालक फेला परेनन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तालघरेमा स्कुटरको ठक्करबाट मृत्यु महिलाको सनाखत, स्कुटर चालक फेला परेनन्

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा बिहीबार राति स्कुटरको ठक्करबाट मृत्यु भएकी महिलाको सनाखत भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–१४ केशवटार निवासी ५५ वर्षीया लुतुरी सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    मृतकका आफन्तले आज निजको सनाखत गरेको प्रहरी निरीक्षक दिलीप हुमागाईले जानकारी दिए ।

    राति ८ः३० बजे स्कुटरको ठक्करबाट घाइते महिलाको दमौली अस्पतालमा चिकित्सकले ९ः२० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाँसीकुवातर्फबाट दमौलीतर्फ आउँदै गरेको नम्बर नखुलेको स्कुटरले पैदलयात्री ती महिलालाई ठक्कर दिइ घाइते बनाएको थियो ।

    ठक्कर दिने स्कुटरको पहिचान नभएको प्रहरीले जनाएकाे छ ।