दमाैली । भ्रष्टाचार सम्बन्धी कसुरमा तनहुँ अदालतबाट दाेषी ठहर भएका बन्दीपुर-६ का नरबहादुर गुरुङ पक्राउ परेका छन् ।
तनहुँ अदालतकाे विसं २०७९ चैत ३ गतेकाे फैसला अनुसार रु पाँच लाख ४८ हजार एक सय ९१ जरिवाना भएका गुरुङलाई प्रहरीले बिहीबार पक्राउ गरेकाे हाे ।
पक्राउ परेका उनलाई शुक्रबार अदालतमा बुझाइएकाे प्रहरीले जनाएकाे छ ।