गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिता उद्घाटन खेलमा तनहुँ विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिता उद्घाटन खेलमा तनहुँ विजयी

    खबरपुञ्ज संवाददाता

    २४ जेष्ठ २०८१, शुक्रबार

    पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता उद्घाटन खेलमा तनँहु विजयी भएको छ । तनहुँले गोर्खालाई ३–० गोल अन्तरले सहज जित निकाल्दै विजयी भएको हो ।

    खेलको २० औं मिनेटमा तनँहुका शान्ता बहादुर गुरुङले गोलको खाता खोले । तनहुँका लागि राम थापाले खेलको २३ औ मिनेट र जिवेश आले मगरले ३१ औ मिनेटमा समान १/१ गोल गरे ।

    यहि जेठ २८ गते सम्म सञ्चालन हुने प्रतियोगिता गण्डकी प्रदेशका १० जिल्लाको सहभागिता रहेको छ ।

    नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता अन्तर्गत शनिबार चार खेल सञ्चालन हुनेछन् ।

    जस अन्तर्गत पहिलो खेल विहान ८ बजे म्याग्दीले स्याङजाको सामना गर्नेछ भने दोस्रो खेल कास्की र नवलपुर, तेस्रो खेल पर्वत र बागलुङका बीच हुनेछ भने चौथो खेल लमजुङले तनहुँको सामना गर्ने संघका महासचिव बिनोद गुरुङले बताए ।

    यस अघि प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले गरेका थिए । गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

    प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुनेछन्