नेपाल पत्रकार महासंघको महाधिवेशन स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपाल पत्रकार महासंघको महाधिवेशन स्थगित

    खबरपुञ्ज संवाददाता

    २४ जेष्ठ २०८१, शुक्रबार

    काठमाडौ । नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ । यही शनिबारका लागि तोकेको निर्वाचनमा मतदान नहुने अध्यक्ष विपुल पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

    मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने अध्यक्ष पोखरेलले बताए ।

    निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनका लागि पनि पोखरेलले आग्रह गरेका छन् ।