तनहुँका सात स्थानीय तहले विशेष अनुदान नपाउने (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कर्पोरेट

    तनहुँका सात स्थानीय तहले विशेष अनुदान नपाउने (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    २५ जेष्ठ २०८१, शनिबार

    दमौली । तनहुँका सात स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१÷८२ मा विशेष अनुदान नपाउने भएका छन् ।

    अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार जिल्लाका सात स्थानीय तहले आगामी वर्ष विशेष अनुदान रकम नपाउने भएका हुन् ।

    भिमाद नगरपालिका, व्यास नगरपालिका, आँबुखैरेनी गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकाले विशेष अनुदान पाउनेछैनन् । भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाले मात्रै विशेष अनुदान पाउनेछन् ।

    विशेष अनुदानतर्फ भानु नगरपालिकाले रु तीन करोड, शुक्लागण्डकी नगरपालिकाले रु ६० लाख र म्याग्दे गाउँपालिकाले रु एक करोड ३५ लाख पाउनेछन् ।

    सङ्घीय सरकारबाट तनहुँका दश स्थानीय तहले उक्त आर्थिक वर्षमा समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरी रु चार अर्ब ८९ करोड ३२ लाख बजेट पाउनेछन् । चार नगरपालिका र छ गाउँपालिकाका लागि समानीकरणतर्फ रु एक अर्ब दश करोड ५७ लाख विनियोजन गरिएको छ । सशर्ततर्फ रु तीन अर्ब ६३ करोड ८० लाख बजेट विनियोजन भएको छ । विशेषतर्फ रु चार करोड ९५ लाख समपुरकतर्फ दश करोड बजेट विनियोजन भएको छ ।

    भानु नगरपालिकाले समानीकरणतर्फ रु १३ करोड ६१ लाख, सशर्ततर्फ ४० करोड ९८ लाख, विशेषतर्फ तीन करोड गरी रु ५७ करोड ५९ लाख बजेट प्राप्त गर्नेछ ।

    भिमाद नगरपालिकाले समानीकरणतर्फ रु दश करोड ९७ लाख, सशर्ततर्फ रु २९ करोड ८१ लाख र समपुरकतर्फ रु ५० लाख गरी रु ४१ करोड २८ लाख बजेट प्राप्त गर्नेछ ।

    व्यास नगरपालिकाले समानीकरणतर्फ रु १८ करोड नौ लाख, सशर्ततर्फ रु एक अर्ब १५ करोड ६० लाख, समपुरकतर्फ रु ६० लाख गरी रु एक अर्ब ३४ करोड २९ लाख बजेट प्राप्त गर्नेछ ।

    शुक्लागण्डकी नगरपालिकाले समानीकरणतर्फ रु १४ करोड ४६ लाख, सशर्ततर्फ रु ६२ करोड २५ लाख, विशेषतर्फ रु ६० लाख, समपुरकतर्फ रु एक करोड दश लाख गरी रु ७८ करोड ४१ लाख बजेट प्राप्त गर्नेछ ।

    आँबुखैरेनी गाउँपालिकाले समानीकरणतर्फ रु नौ करोड ४१ लाख, सशर्ततर्फ रु १६ करोड ३५ लाख र समपुरकतर्फ रु ६० लाख गरी रु २६ करोड ३६ लाख बजेट प्राप्त गर्नेछ ।

    ऋषिङ गाउँपालिकाले समानीकरणतर्फ रु नौ करोड ६१ लाख, सशर्ततर्फ रु २२ करोड ६१ लाख र समपुरकतर्फ रु एक करोड गरी रु ३३ करोड २२ लाख बजेट प्राप्त गर्नेछ ।

    घिरिङ गाउँपालिकाले समानीकरणतर्फ रु आठ करोड ४१ लाख, सशर्ततर्फ रु १७ करोड पाँच लाख र समपुरकतर्फ रु तीन करोड गरी रु २८ करोड ४६ लाख बजेट प्राप्त गर्नेछ ।

    देवघाट गाउँपालिकाले समानीकरणतर्फ रु सात करोड ८३ लाख, सशर्ततर्फ रु २१ करोड ७० लाख र समपुरकतर्फ रु एक करोड गरी रु ३० करोड ५३ लाख बजेट प्राप्त गर्नेछ ।

    म्याग्दे गाउँपालिकाले समानीकरणतर्फ रु नौ करोड ४८ लाख, सशर्ततर्फ रु १६ करोड ४६ लाख, विशेषतर्फ रु एक करोड ३५ लाख र समपुरकतर्फ रु एक करोड २० लाख गरी रु २८ करोड ४९ लाख बजेट प्राप्त गर्नेछ ।

    बन्दीपुर गाउँपालिकाले समानीकरणतर्फ रु आठ करोड ७० लाख, सशर्ततर्फ रु २० करोड ९९ लाख र समपुरकतर्फ रु एक करोड रु ३० करोड ६९ लाख बजेट प्राप्त गर्नेछ ।