जिल्लाकै अग्लो स्थानमा तउवासंघको बैठक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    जिल्लाकै अग्लो स्थानमा तउवासंघको बैठक

    खबरपुञ्ज संवाददाता

    २५ जेष्ठ २०८१, शनिबार

    दमौली । तनहुँ उद्योग वाणिज्य संघको नियमित बैठक शनिबार जिल्लाकै सबैभन्दा अग्लो स्थानमा बसेको छ । ऑबुखैरेनी गाउँपालिका-५ छिम्केश्वरीमा संघको चौथो बैठक आयोजना गरिएको हो।

    छिम्केश्वरी समुन्द्र सतहबाट दुई हजार एक सय ३४ मिटरमा अवस्थित छ । छिम्केश्वरी धार्मिक पर्यटकीय हिसाबले महत्वपूर्ण छ ।

    छिम्केश्वरीको पर्यटन प्रबर्धन गर्ने उद्घेश्य सहित संघको बैठक कार्यालय बाहिर आयोजना गरिएको अध्यक्ष वैकुण्ठनाथ मिश्रले जानकारी दिए ।