एमाले व्यासको अध्यक्षमा तुल्सीराम पाण्डे विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले व्यासको अध्यक्षमा तुल्सीराम पाण्डे विजयी

    खबरपुञ्ज संवाददाता

    २५ जेष्ठ २०८१, शनिबार

    दमौली । नेकपा एमाले व्यास नगर कमिटीको अध्यक्षमा तुल्सीराम पाण्डे विजयी भएका छन् । शनिबार राति सम्पन्न मतगणना अनुसार १०८ मत प्राप्त गरी पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिस्पर्धी ललित पाण्डेले ५५ मत प्राप्त गरेका छन् ।

    अध्यक्षमा निर्वाचित पाण्डे नगर कमिटीको कार्यवाहक अध्यक्ष थिए । ललित पाण्डे भने केही समय अघि जिल्ला कमिटीमा पराजित भएका थिए ।

    एक सय ९९ मतदातामध्ये निर्वाचनमा १६७ मत खसेको थियो । पदाधिकारी बाहेकका पद भने सर्वसम्मत भएको छ ।

    उपाध्यक्षमा चिजबहादुर गुरुङ ८७ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी विष्णुबहादुर पोख्रेलले ६६ मत प्राप्त गरे । सचिवमा रामचन्द्र अधिकारी ११४ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी जुननारायण श्रेष्ठले ३६ मत प्राप्त गरे ।

    उपसचिवमा सुदीप पौडेल ८० मत प्राप्त गरी विजयी भए । प्रतिस्पर्धी टोपबहादुर परियारले ७९ प्राप्त गरे । उपसचिव महिलामा जौमाया रायमाझी ८४ मत प्राप्त गरी विजयी भइन् । प्रतिस्पर्धी मन्जु अधिकारीले ७४ मत ल्याइन् ।