पुलको जाली काटेर कर्णाली नदीमा खसालियो खच्चड, १३ मध्ये ४ वटाको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पुलको जाली काटेर कर्णाली नदीमा खसालियो खच्चड, १३ मध्ये ४ वटाको उद्धार

    खबरपुञ्ज संवाददाता

    २६ जेष्ठ २०८१, आईतवार

    काठमाडाै । कर्णाली नदीमाथिको झोलुंगे पुलमा आइतबार बिहान फसेका खच्चडहरूको उद्धार कार्य जारी छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीय बासिन्दाको समेत सहयोगमा पुलमा फसेका खच्चड उद्धार गरिरहेका छन्।

    अछामबाट चामल लिन दैलेखको आठबीस नगरपालिकाको राकम बजार आउँदै गरेका १३ वटा खच्चड पुलमा फसेका थिए।

    अछामका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश कोइरालाका अनुसार ती खच्चडहरू अछामबाट चामल लिन दैलेख आउँदै गर्दा पुलमा फसेका थिए।

    ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई पुलमा फसेका खच्चड उद्धार गर्न परिचालन गरिएको छ,’ उनले भने, ‘विकट स्थान र घटनाबारे आज बिहान ११ बजेमात्रै खबर आइपुगेको थियो।’

    अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीसलाई जोड्ने कर्णाली नदी माथिको उक्त पुलको एकछेउका लठ्ठा चुडिँदा खच्चड अड्किन पुगेका थिए। लठ्ठा चुडिँएको भागको पुल झुकेपछि १३ खच्चर जालीमा छिरेका थिए।