उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च पुगेका मेयर न्यौपानेको रिट हेर्न नभ्याइनेमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च पुगेका मेयर न्यौपानेको रिट हेर्न नभ्याइनेमा

    खबरपुञ्ज संवाददाता

    २६ जेष्ठ २०८१, आईतवार

    दमाैली । व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले असार २ गते व्यास नगरप्रमुखको पुनः मतगणना गर्ने उच्च अदालत पोखराको आदेश रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ ।

    न्यौपानेको रिटको पेशी आइतबारलाई तोकिएकामा हेर्न नभ्याइनेमा परेको हो । उक्त मुद्धाको पेशी सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा परेको थियो ।

    गत जेठ १ गते उच्च अदालत पोखराले गत स्थानीय तहको मतपरिणाम बदर गरी पुनः मतगणना गर्न आदेश दिएको थियो । उक्त आदेश उपर अन्तरिमकालिन आदेश माग गर्दै न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्तले इजलासले गत स्थानीय तह निर्वाचनमा नगरप्रमुखको मतगणना बदर गरी पुनः मतगणना गर्न आदेश दिएको थियो । प्रमुखका उम्मेदवार दीपकराज जोशीले मतगणनामा धाँधली भएको भन्दै विसं २०७९ जेठ १२ गते निर्वाचन आयोगसहित पाँच जनालाई विपक्षी बनाइ रिट दर्ता गरेका थिए। रिटमा अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको थियो ।