दमौली । तनहुँ उद्योग वाणिज्य संघले आगामी पुस २५ देखि माघ ७ गतेसम्म नवौ तनहुँ महोत्सव आयोजना गर्ने भएको छ। छिम्केश्वरीमा बसेको संघको कार्यसमिति बैठकले नवौ तनहुँ महोत्सव गर्ने निर्णय गरेको हो।
महोत्सवको मूल संयोजकमा संघका अध्यक्ष वैकुण्ठनाथ मि़श्र र निर्देशकमा निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ रहने निर्णय भएको छ।