एकैदिन पॉच सय १५ लाई निशुल्क खाना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एकैदिन पॉच सय १५ लाई निशुल्क खाना

    खबरपुञ्ज संवाददाता

    २६ जेष्ठ २०८१, आईतवार

    दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवा लिन आएका पॉच सय १५ जनाले आइतबार निशुल्क खाना खाएका छन् । युवा अभियान्ता सुदिप गफ्फारको अभियान अन्तर्गत एकैदिन पॉच सय १५ ले खाना खाएका हुन् ।

    अन्य दिनको तुलनामा आज सर्वसाधारणको भीड रहेको गफ्फारले जानकारी दिए । आइतबारको सबै खर्चको व्यवस्थापन कन्काई ग्लोवल एकेडेमीले गरेको छ ।

    उनका अनुसार हालसम्म दुई हजार पॉच सय २५ जनाले निशुल्क खाना खाएका छन् ।

    गफ्फारले प्रशासनमा सेवा लिन आउने, बिहानैदेखि लाइन बसेर खाना खाने समय नमिलेका ज्येष्ठ नागरिकलाई गत हप्ताको शुक्रबारदेखि खाना खुवाउन सुरु गरेका थिए ।