दमाैली । व्यास नगरपालिका प्रमुखको पुनः मतगणना गर्न उच्च अदालत पोखराले दिएको आदेश विरुद्ध सर्वोच्च पुगेका वैकुण्ठ न्यौपानेको रिटको पेशी अब असार २ गते तोकिएको छ।
यसअघि जेठ २७, २८ र २९ गते पेशी तोकिएकामा तीन दिन नै उक्त पेशी हेर्न नभ्याइनेमा परेको थियो । सर्वोच्च अदाललते अब उक्त पेशी असार २ गतेलाई तोकेको छ ।
असार २ गते नै उच्च अदालत पोखरामा नगरप्रमुखको पुनः मतगणना हुँदैछ । पुनः मतगणना र पेशी एकैदिन परेपछि अब के हुन्छ भन्ने चासो बढेको छ ।