मुग्लिन पोखरा सडक : संरचना नहटाउँदा काममा ढिलाइ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुग्लिन पोखरा सडक : संरचना नहटाउँदा काममा ढिलाइ

    खबरपुञ्ज संवाददाता

    २९ जेष्ठ २०८१, बुधबार

    दमाैली । निर्माणाधीन मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारमा केही संरचना हटाउन ढिलाइ भएको छ । सडक मापदण्डभित्र रहेका संरचना हटाउन आनाकानीले सडक योजनाको काममा असर परेको छ ।

    वडा कार्यालयले सडकखण्डमा पर्ने घर टहरा अबिलम्ब हटाउन सम्बन्धित घरधनीलाई अनुरोध गरेको छ । वडा अध्यक्ष शिवकुमार श्रेष्ठले बुधबार सूचना प्रकाशन गरि घरधनीहरु परशुराम अधिकारी, प्रकाश अधिकारी, ध्रुव प्रधान, पम्फा श्रेष्ठ, टिकाराम अधिकारी, शुक बहादुर÷कृष्ण कुमारी कायस्थ र भक्त बहादुर सुनारलाई सडक क्षेत्र भित्र पर्ने आफ्नो घर टहरा अबिलम्ब हटाई सडक विस्तार कार्यमा सहयोग गर्न अनुरोध गरेका छन् ।

    गाउँपालिकाको खण्डमा सडक निर्माण÷विस्तार क्षेत्रमा पर्ने हटाउनुपर्ने घर टहरा मध्ये अधिकांस घर टहराहरु सम्बन्धित घरधनीहरुले हटाई सडक निर्माण÷विस्तार कार्यमा सहयोग भई रहेकोमा उक्त सात जना घरधनीहरुले पटक पटक आग्रह गर्दा पनि सडक मापदण्ड भित्र पर्ने संरचनाहरु पूर्ण रुपमा नहटाई दिएको कारण सडक निर्माण÷विस्तार कार्यमा अवरोध भई रहेको व्यहोरा जानकारी हुन आएको हुँदा सडक मापदण्ड भित्र पर्ने संरचनाहरु यथाशिघ्र हटाई सडक निर्माण कार्यमा सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

    मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले गत जेठ १३ गते बन्दीपुर गाउँपालिकालाई पत्र पठाई उक्त सात जना घरधनीले सडक मापदण्डमा पर्ने घर टहरा नटाउँदा सडक विस्तार कार्यमा अवरोध भएको हुँदा हटाउनुपर्ने घर टहरा अविलम्ब हटाउने कार्यमा आवश्यक समन्वय र सहयोग गर्न अनुरोध गरेको थियो ।

    एसियाली विकास बैङ्कको ऋण सहयोगमा सञ्चालित साविक मुग्लिन–पोखरा राजमार्ग सुधार योजना अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि पोखरासम्म दुई खण्डमा सडक विस्तार कार्य भइरहेको छ । उक्त दुवै खण्डको सडक निर्माणका लागि चाइनाकम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता भई निर्माण कार्य भइरहेको छ ।

    उक्त सडक निर्माणको् लागि मुआब्जा र क्षतिपूर्ति समेत वितरण भइसकेको अवस्थामा गाउँपालिकाको खण्डमा सडक निर्माण÷विस्तार क्षेत्रमा पर्ने हटाउनु पर्ने घर टहरा मध्ये सात जना घरधनीले सडक क्षेत्रमा पर्ने घर टहरा नहटाउँदा सडक विस्तारमा अवरोध भएको सडक विस्तार आयोजनाले जनाएको हो ।