गण्डकीमा ‘फ्लोर क्रस’ : माओवादीले देवकोटालाई सोध्यो २४ घण्टे स्पष्टीकरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा ‘फ्लोर क्रस’ : माओवादीले देवकोटालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

    खबरपुञ्ज संवाददाता

    २९ जेष्ठ २०८१, बुधबार

    पोखरा । फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएका गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटालाई नेकपा माओवादी केन्द्रले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

    नेकपा मा‌ओवादी केन्द्र गण्डकी प्रदेशकी प्रमुख सचेतक कुसुम बुढाले पार्टीद्वारा जारी ह्वीप उलंघन र दलको विधानविपरीत गरेका २४ घण्टे स्पष्टीकरण सोधिएको बताइन् ।

    डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता देवकोटा २०७९ को निर्वाचनमा गोरखाबाट माओवादीको चुनाव चिह्नबाट निर्वाचित भएका हुन् ।

    तर उनले कांग्रेस दलका नेता पाण्डेलाई विश्वासको मत दिँदा माओवादीको ह्वीप पालना गरेका थिएनन् । ह्वीप उलंघन गर्दै ‘फ्लोर क्रस’ गरेका देवकोटा तत्कालै गण्डकीको ऊर्जा तथा जलश्रोत मन्त्री भइसकेका छन् ।