पाल्पामा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पाल्पामा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    पाल्पा । पाल्पाको नुवाकोट गढीबाट बुटवल जाँदै गरेको कार दुर्घटना पर्दा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । 

    बुधबार राति लु २ च ८५३१ नम्बरको कार दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुनेहरूमा बुटवल उपमहानगरपालिका–१०, का ५५ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका–३, की ६७ वर्षीया आशा श्रेष्ठ र ५० वर्षीया भगवती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त कार सडकबाट झन्डै सय मिटर तल खसेको प्रहरीको भनाइ छ । 

    तिनाउ गाउँपालिका–२, नुवाकोट पाल्पा पुगेर बुटबल बेलवास झर्ने क्रममा भ्यू प्वाइन्टनजिकै दुर्घटनामा परेको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ ।

    दुर्घटनामा घाइते भएकाहरू बुटवल मिलनचोककी चन्दा श्रेष्ठ र बुटवल होराइजन चोककी लक्ष्मीता श्रेष्ठको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।