तनहुँको ऋषिङ गाउँपालिकामा सेनेटरी प्याड खरिदमा दश लाख अनियमितता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    तनहुँको ऋषिङ गाउँपालिकामा सेनेटरी प्याड खरिदमा दश लाख अनियमितता

    खबरपुञ्ज संवाददाता

    ३० जेष्ठ २०८१, बिहीबार

    दमौली । तनहुँको ऋषिङ गाउँपालिकामा सेनेटरी प्याड खरिदमा दश लाख भन्दा बढी रकम अनियमितता भएको छ । कार्यालयले आर्थिक वर्ष २०७९/८० मा सेनेटरी प्याड खरिदमा दश लाख ६३ हजार दुई सय आठ अनियमितता गरेको हो।

    सेनिटरी प्याड वितरण तथा व्यबस्थापन कार्यविधि २०७६ को परिच्छेद ३ बमोजिम विद्यालयले आफ्ना छात्राहरुको संख्याका आधारमा आवश्यक पर्ने सेनिटरीप्याड शिक्षा शाखा मार्फत स्थानीय तहमा माग गरी पठाउनु पर्ने र स्थानीय तहले प्रत्येक बिद्यालयलाई उपलब्ध गराएको सेनिटरीप्याडको अभिलेख अलग अलग रुपमा राखु पर्ने साथै विद्यालयले उपलब्ध सेनिटरी प्याडको अभिलेख जिन्सी खातामा व्यवस्थित रुपले राखु पर्ने व्यवस्था छ ।

    गाउँपालिकाले स्थानीय तह र अन्तर्गतका विद्यालयले सो कार्यविधि बमोजिम अभिलेख राखेको देखिएको छैन । पालिकाले विद्यार्थी संख्या एकिन गरि विद्यालयको माग फारमको आधारमा मालसमान खरिद गर्नुपर्नेमा सो गरेको नपाइएको हो ।

    पालिकाले सेनिटरी प्याड खरिद गर्दा सोझै ३ दरभाउपत्र मार्फत २०७९।०८० मा श्री ए. जी पावर सप्लायर्ससँग रु.९८१९७०। को सेनिटरी प्याड खरिद गरेको छ । आर्थिक वर्षको अन्त्यमा रु.९८१८७०। मौज्दात बाकी रहेको छ ।

    पालिकाले विद्यार्थी संख्याको आधारमा आवश्यक्ताको विश्लेषण गरी समयमा खरिद गरी विद्यालयको माग बमोजिम वितरण गर्ने तर्फ ध्यान दिनुपर्नेमा खरिदको ठुलो परिमाण मौज्दात रहने गरी खरिद गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।