दमौली । तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पुमा जारी प्रथम म्याग्दे महोत्सवमा बिहीबार चर्चित गायिका रचना रिमाल र ज्योति मगर आउने भएका छन् । महोत्सवको सातौ दिन बिहीबार रिमाल र मगरको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
महोत्सव मूल संयोजक गौरवराज रानाले महोत्सवमा राष्ट्रिय कलाकारको आगमनले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको जानकारी दिए । महोत्सवमा दैनिकजसो दर्शकको उपस्थितिले महोत्सव सफल हुने क्रममा रहेको उनको भनाइ छ ।
थर्पु युवा क्लवको आयोजनामा सञ्चालित महोत्सव असार २ गतेसम्म सञ्चालन हुनेछ ।