व्यास नपाद्वारा स्व. कैनीको परिवारलाई रु तीन लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नपाद्वारा स्व. कैनीको परिवारलाई रु तीन लाख सहयोग

    खबरपुञ्ज संवाददाता

    ३१ जेष्ठ २०८१, शुक्रबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा गत जेठ २१ गते ट्याङ्करको ठक्करबाट मृत्यु इन्जिनियर स्व. प्रविण कैनीको परिवारलाई व्यास नगरपालिकाले रु तीन लाख सहयोग गरेको छ ।

    व्यास नगरपालिकामा कार्यरत इन्जिनियर कैनीको परिवारलाई राहत स्वरुप नगरपालिकाले रु तीन लाख उपलब्ध गराएको हो । नगरपालिकाको बिहीबार बसेको कार्यपालिकाको बैठकले दुर्घटनामा मृत्यु भएका कैनीको चीरशान्तिको कामना गर्दै सहयोग स्वरुप रु तीन लाख उपलब्ध गराउने निर्णय गरेको हो ।

    यस्तै कैनीको परिवारको सहयोगका लागि कार्यपालिकाका पदाधिकारी सदस्यबाट दुई दिन, नगर सभा सदस्यबाट एक दिन, सरसफाइतर्फका कर्मचारी र कार्यालय सहयोगीका तर्फबाट एक दिन र अन्य सम्पूर्ण कर्मचारीका तर्फबाट दुई दिन बराबरको हुने तलब सहयोग प्रदान गर्नका लागि आर्थिक प्रशासन शाखाबाट एकमुष्ट उपलब्ध गराउन सम्बन्धित सबैलाई अनुरोध गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।

    निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाको चिनियाँ कम्पनीको पानी हाल्ने ट्याङ्करको ठक्करबाट मृत्यु कैनीका परिवारलाई चिनियाँ कम्पनीका तर्फबाट रु २५ लाख, बीमाबापतको रु पाँच लाख प्रदान गर्ने सहमति भएको थियो । त्यस्तै कम्पनीका तर्फबाट पीडित परिवारका एक जनालाई कम्तिमा एक वर्ष रोजगारी दिने सहमति भएको थियो ।