ताप्लेजुङमा पहिरोमा ज्यान गुमाउने चार जना गाउँपालिका उपाध्यक्षका परिवार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ताप्लेजुङमा पहिरोमा ज्यान गुमाउने चार जना गाउँपालिका उपाध्यक्षका परिवार

    खबरपुञ्ज संवाददाता

    ३१ जेष्ठ २०८१, शुक्रबार

    काठमाडौ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गएराति पहिरोमा परेर ज्यान गुमाउनेहरु उपाध्यक्षका परिवार रहेको खुलेको छ ।

    गाउँपालिकाका अध्यक्ष राजन लिम्बूकाअनुसार गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बूको घर पहिरोमा पुरिँदा उहाँका बुवा ६९ वर्षीय रामबहादुर, कान्छीआमा जसमाया र बहिनीहरु नौ वर्षीया गङ्गा र जमुनाको ज्यान गएको हो ।

    गङ्गा र जमुना जुम्ल्याहा दिदीबहिनी रहेको पनि अध्यक्ष लिम्बूले जानकारी दिए ।पहिरोमा परेर ४० वर्षीया युगेन लिम्बू र उहाँकी तीन वर्षीया छोरी घाइते हुनुभएको छ । राति दुई बजेतिर खसेको पहिरोले घर पुरिएको अध्यक्ष लिम्बूले जानकारी दिए ।