सुदीपको अभियानमा ऑबुखैरेनी अध्यक्ष चुमानको २० हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    सुदीपको अभियानमा ऑबुखैरेनी अध्यक्ष चुमानको २० हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    ३१ जेष्ठ २०८१, शुक्रबार

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले युवा अभियान्ता सुदीप गफ्फारको निशुल्क खाना खुवाउने अभियानका लागि २० हजार सहयोग गरेका छन् ।

    शुक्रबार दमौली आएर चुमानले गफ्फारको उक्त अभियानका लागि २० हजार आर्थिक सहयोग गरेका हुन् । ज्येष्ठ नागरिकलाई निशुल्क खाना खुवाएर गफ्फारले पुण्यको काम गरेको चुमानले बताए ।

    युवाहरुले चाहे भने धेरै प्रेरणाका काम गर्न सक्ने गफ्फारले प्रमाणित गरेको चुमानको भनाइ छ । ‘उनको यो कामको पक्कै पनि समाजले मूल्यांकन गर्नेछ । यस्ता काम सबैले सिको गर्नुपर्छ,’ चुमानले भने ।

    युवा अभियान्ता गफ्फारले ऑबुखैरेनी अध्यक्ष चुमानको सल्लाह सुझाव मार्गदर्शनको रुपमा रहने बताए । उनले भने,’उहॉले गर्नुभएको सहयोगले यो अभियानलाई अगाडी बढाउन सहयोग त पुग्नेनै छ, उहॉको सद्भाव हाम्रो लागि मार्गदर्शक बन्नेछ ।’

    गफ्फारले जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवा लिन आउने ज्येष्ठ नागरिकलाई निशुल्क खाना खुवाइरहेका छन् । उनको अभियानमा व्यक्ति तथा संघसंस्थाले सहयोग गरिरहेका छन् ।