मुग्लिन पोखरा सडक आयोजनाको क्रसरबाट बाहिर सामग्री विक्री, प्रशासनले टुलुटुलु हेरेकाे आराेप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुग्लिन पोखरा सडक आयोजनाको क्रसरबाट बाहिर सामग्री विक्री, प्रशासनले टुलुटुलु हेरेकाे आराेप

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । निर्माणाधीन मुग्लिन पोखरा सडक आयोजनाले स्थापना गरेको क्रसरबाट बाहिर व्यापक रुपमा सामग्री विक्री वितरण हुने गरेको छ । मुग्लिन पोखरा सडक सुधार आयोजना अन्तर्गत आयोजनालाई आवश्यक पर्ने नदीजन्य निर्माण सामग्रीको सहजताका लागि ठेकेदारलाई सरकारले दिएको सहुलियतको आधारमा विशेष सुविधा सहित क्रसर उद्योग स्थापना भएपनि उक्त उद्योगहरुले बाहिरी रुपमा अन्यत्रै सामग्रीहरु विक्री वितरण हुने गरेको हो ।

    पूर्वी र पश्चिम खण्डमा चार ठाउँमा क्रसर उद्योग स्थापना भएकामा ती उद्योगले आफ्नै कार्यस्थलमा मात्र निर्माण सामग्री प्रयोग गर्न पाउने प्रावधान रहेपनि लुकिछिपी, विभिन्न बहाना बनाइ उत्पादित सामग्री बजारमा विक्री वितरण गर्ने गरेको तनहुँ सरोकार समाजले दावी गरेको छ ।

    एउटा आयोजनाले अर्को आयोजनालाई समेत उत्पादित सामग्री दिन नमिल्ने प्रावधान रहेपनि ऋषिङ र व्यासमा सञ्चालन भएका क्रसरको उत्पादित सामग्री मादी नदीमा बनिरहेको पुलले समेत ठूलै परिमाणमा खरिद गरिरहेको समाजको दावी छ ।

    आयोजनाको नाममा सहुलियत लिइ क्रसर प्लाण्ट सञ्चलन गरी उत्पादन भएका बालुवा गिटी लगायतका निर्माण सामग्री दमौली आसपासका क्षेत्रमा विक्री भइरहेको प्रमाण रहेको समाजले उल्लेख गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयबो बाटो हुँदै यस्ता अवैध सामग्री बोकेका गाडीहरुले खुलेआम बजारमा विक्री वितरण भइरहँदा स्थानीय प्रशासन टुलुटुलु हेरेर बसेको आरोप लागेको छ ।

    मुग्लिन पोखरा सडकको पूर्वीखण्डमा आँबुखैरेनीको सत्रसय, व्यासको बेलवास र ऋषिङको झापुटार तथा पश्चिमखण्डको शुक्लागण्डकीको कुम्लेखोलामा क्रसर प्लाण्ट सञ्चालनमा छ ।