व्यासको असार २ गते हुने पुन: मतगणना स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासको असार २ गते हुने पुन: मतगणना स्थगित

    खबरपुञ्ज संवाददाता

    ३१ जेष्ठ २०८१, शुक्रबार

    दमौली । व्यास नगरपालिकाको प्रमुखको पुन: मतगणना नहुने भएको छ। उच्च अदालत पोखराको फैसला बमोजिम असार २ गते पुन: मतगणना हुने भनिएकामा उच्चकै आदेश बमोजिम मतगणना रोकिएको हो ।

    गत जेठ १ गते उच्च अदालतले पुन: मतगणना गर्न आदेश दिएको थियो । सो फैसला विरुद्ध नगरप्रमुख वैकुण्ठ न्यौपानेले जेठ २४ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

    सो रिट सर्वोच्चमा सुनुवाई हुन बॉकी छ । उक्त सुनुवाईको पेशी असार २ गतेलाई सरेको छ । यसअघि जेठ २७,२८ र २९ मा हेर्न नभ्याइनेमा परेको थियो ।

    सर्वोच्चमा परेको रिट किनारा नलागेसम्म असार २ गतेलाई हुने भनिएको मतगणना स्थगित गरिएको उच्च अदालत पोखरा सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए ।

    नगरप्रमुख न्यौपानेले पुन: मतगणना स्थगितका लागि उच्च अदालतमा समेत निवेदन दर्ता गरेका थिए । न्यौपानेले उच्च अदालतमा दिएको निवेदन उपर शुक्रबार भएको सुनुवाईमा ‘असार २ गते हुने भनिएको पुन मतगणना स्थगित गरी पाउँ भन्ने निवेदन यस इजलासमा पेश भएको देखियो । निवेदकले दिएको निवेदन सम्बन्धमा यस अदालतको जेठ १ गते भएको फैसलालो मतगणना लगायत काम कारबाही गर्न यस अदालतका रजिष्टारलाई तोकेको देखिदा निवेदकको माग सम्बन्धमा जो जे निर्णय वा आदेश गर्नुपर्ने हो सो गरी निकास दिनुहुन भनी रजिष्टार समक्ष फिर्ता पठाइएको छ । नियमानुसार गर्नु ।’ आदेश भएको थियो ।