आइतबारसम्म वर्षाको सम्भावना, तनहुँ रेड जोनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आइतबारसम्म वर्षाको सम्भावना, तनहुँ रेड जोनमा

    खबरपुञ्ज संवाददाता

    २० असार २०८१, बिहीबार

    दमौली । मनसुन थप सक्रिय हुने भएको छ । न्यून चापीय रेखा थप केहीदिन नेपालको दक्षिण भूभाग र सिमाना आसपास नै रहने भएकाले मनसुन अझ सक्रिय हुने सम्भावना रहेको मौसम पूर्मानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार भोलिदेखि आइतबारसम्म देशभर धारणतयादेखि पूर्णतया बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाका साथै कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

    गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा थोरै स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेको छ ।

    महाशाखाले ३० जिल्लाई ‘रेड जोन’मा राखेको छ ।