तनहुँको विमलनगरस्थित मर्स्याङ्दीले चेतावनी तह नाघ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँको विमलनगरस्थित मर्स्याङ्दीले चेतावनी तह नाघ्यो

    खबरपुञ्ज संवाददाता

    २२ असार २०८१, शनिबार

    काठमाडौ । गएराति देखि देशभर वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो एक घण्टामा आठ वटा जिल्लामा भारी वर्षा भइरहेको छ ।

    बाँके, पाल्पा, दाङ, प्युठान, पर्वत, अर्घाखाँची, स्याङजा र लमजुङमा भारी वर्षा भइरहेको विभागले जानकारी दिएको छ । भारी वर्षाका कारण स्थानीय नदी तथा खोलामा बाढी आएको छ ।

    पछिल्लो एक घण्टामा सबैभन्दा बढी बाँकेमा पश्चिम राप्तीमा वर्षा रेकर्ड भएको छ । त्यहाँ एक घण्टामा ४२.८ एमएम वर्षा भएको देखिन्छ ।

    लगातारको वर्षाका कारण मर्स्याङदी नदी र हनुमन्ते खोलामा आएको बाढीले चेतावनी तह नाघेको छ । हनुमन्ते खोलाको जगती जलसतह मापन केन्द्र र मर्स्याङदी नदीको बिमलनगर जलसतह मापन केन्द्रमा बाढीले चेतावनी तह नाघेको विभागले जानकारी दिएको छ ।

    देशभर वर्षा भइरहेको र नदी तथा खोलाहरुमा बाढी आएकाले स्थानीयहरुलाई सचेत रहन सरकारले आग्रह गरेको छ ।