सिद्धार्थ प्रिमियर इन्स्योरेेन्सका ग्राहकले दमौली सामुदायिक अस्पतालमा छुट पाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सिद्धार्थ प्रिमियर इन्स्योरेेन्सका ग्राहकले दमौली सामुदायिक अस्पतालमा छुट पाउने

    खबरपुञ्ज संवाददाता

    ३ श्रावण २०८१, शुक्रबार

    दमौली । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका ग्राहकले व्यास नगरपालिका-३ मा अवस्थित दमौली सामुदायिक अस्पतालमा छुट पाउने भएका छन् । इन्स्योरेन्समा बीमा पोलिसी गराएका सबै ग्राहकले अस्पतालको विभिन्न सेवामा छुट पाउने भएका हुन् ।

    त्यसका लागि इन्स्योरेन्स दमौली शाखा प्रमुख रोविन श्रेष्ठ र अस्पतालका सञ्चालक किरण श्रेष्ठबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    सम्झौता अनुसार बेड चार्ज, ल्याब टेष्ट, एक्सरे, डाक्टर फि र ओपिडीमा २० प्रतिशत छुट दिइनेछ । त्यस्तै दैनिक सेवन गर्नुपर्ने औषधि खरिदमा पॉच प्रतिशत र जनरल औषधि खरिदमा सात प्रतिशत छुट दिने सहमति भएको छ ।