दमौली । तनहुँको व्यास नगरपालिका-३ स्थित अनसन चौतारी आसपास शनिबार सरसफाई गरिएको छ । साउन १ देखि दमौली बजारमा नकुहिने फोहर नउठ्दा यत्रतत्र छरिएर रहेकाले त्यसलाई व्यवस्थापन गर्न युवा अभियान्ता सुदीप गफ्फारको नेतृत्वमा सरसफाई गरिएको हो ।
सरसफाईमा कराते खेलाडी, भलिबल खेलाडीले सहभागिता जनाएका थिए ।
नगरपालिकाले जबसम्म फोहर उठाउँदैन तबसम्म फोहरलाई एक ठाउँमा राखेर व्यवस्थापन गरिदिने गफ्फारले जानकारी दिए ।