राजमार्ग विस्तारका क्रममा पोल स्थानान्तरणका लागि विद्युत कटौती
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राजमार्ग विस्तारका क्रममा पोल स्थानान्तरणका लागि विद्युत कटौती

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०८१, शनिबार

    दमौली । निर्माणाधीन मुग्लिन पोखरा सडक योजना अन्तर्गत व्यास नगरपालिका-३ मुख्यचोकमा पोल स्थानान्तरणका लागि विद्युत कटौती गरिएको विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।

    सडकछेउ रहेका पोल स्थानान्तरणका लागि शनिबार बिहान १०:३० देखि विद्युत कटौती गरिएको हो ।

    विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख विजय रेग्मीले काम सकिएको र केही बेरमै विद्युत सुचारु हुने जानकारी दिए ।