तमु विद्यार्थीको छोंज धींको राष्ट्रिय महाधिवेशन दमौलीमा हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तमु विद्यार्थीको छोंज धींको राष्ट्रिय महाधिवेशन दमौलीमा हुने

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०८१, आईतवार

    दमौली । नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींको १२ औं राष्ट्रिय महाधिवेशन तनहुँको दमौलीमा हुने भएको छ । चितवनको भरतपुरमा शनिबार सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी कात्तिक २४-२६ गते राष्ट्रिय महाधिवेशन दमौलीमा गर्ने निर्णय गरेको हो ।

    “मातृभाषा र सीपमूलक शिक्षा सुनिश्चितताको हाम्रो आव्हान, स्वरोजगारी अभियान १२ औं राष्ट्रिय महाधिवेशन” भन्ने मूल नारा सहित राष्ट्रिय महाधिवेशन दमौलीमा गर्ने निर्णय भएको छोंज धींका प्रचारप्रसार प्रमुख रोहन तमुले जानकारी दिए ।