करेन्ट लागेर अधिकारीको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    करेन्ट लागेर अधिकारीको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०८१, आईतवार

    दमौली । तनहुँको व्यास नगरपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय शिव अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घरको मोटरको पानी तान्ने क्रममा करेन्ट लागेर घाइते उनलाई आज बिहान दमौली अस्पताल ल्याइएकामा ८ः२० मा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।