सार्वजनिक यातायात नचलेपछि बिरामीलाई सुदीपले बाइकमा सेवा दिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सार्वजनिक यातायात नचलेपछि बिरामीलाई सुदीपले बाइकमा सेवा दिने

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०८१, आईतवार

    दमौली । युवा अभियान्ता सुदीप गफ्फारले सार्वजनिक यातायात नचलेपछि बिरामीलाई बाइकमा सेवा दिने भएका छन् । राइड सेयरिङलाई कानूनी मान्यता दिने सरकारको तयारीको विरोधमा यातायात व्यवसायीले आइतबारदेखि अनिश्चितकालका लागि सार्वजनिक यातायात बन्द गरेका छन् ।

    गाडी नचल्दा बिरामीलाई अस्पताल आउन समस्या भएकाले गफ्फारले त्यस्ता व्यक्तिलाई बाइकमा घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म लैजाने घोषणा गरेका छन् । सार्वजनिक यातायात नचलेसम्म सेवा दिने उनले जनाएका छन् ।