दमौली । युवा अभियान्ता सुदीप गफ्फारले ढुंगाले हात च्यापिएका बाख्रेका एक बालकको उपचारका लागि यातायात सुविधा उपलब्ध गराएका छन् ।
म्याग्दे-१ बाख्रे निवासी एक बालकको उपचारका लागि उनले दमौली अस्पतालसम्म यातायात सुविधा उपलब्ध गराएका हुन् ।
सार्वजनिक यातायात नचलेकाले उनले मोटरसाइकलमा अस्पताल र त्यहॉबाट घरसम्म लगेर सहयोग गरेका हुन् । सार्वजनिक यातायात नचलेसम्म बिरामीका लागि यातायात सुविधा उपलब्ध गराउने उनले घोषणा गरेका छन् ।
उनले भने, ‘जब सेवा गर्न पाउँछु र अरुको मुहारमा खुशी देख्छु तब मेरो मनलाई शान्ति मिल्ने गर्दछ ।’