दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्धाका फरार दुई प्रतिवादी पक्राउ परेका छन् । चोरी र हातहतियार तथा खरखजाना कसुरका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।
चोरी कसुरमा शुक्लागण्डकी-८ बस्ने २२ वर्षीय पूर्ण परियार भन्ने चित्रबहादुर परियार पक्राउ परेका छन् ।
निज विरुद्ध तनहुँ अदालतले विसं २०८० चैत १५ गते एक वर्ष ११ महिना दुई दिन कैद फैसला सुनाएको थियो । निज पॉच वर्षदेखि फरार थिए ।
त्यस्तै हातहतियार तथा खरखजाना कसुरका घिरिङ गाउँपालिका-४ का ६० वर्षीय टेकबहादुर सोती मगर पक्राउ परेका छन् ।
निज विरुद्ध तनहुँ अदालतले विसं २०८० चैत १५ गते दुई महिना दश दिन कैद फैसला सुनाएको थियो। उनी पॉच महिनादेखि फरार थिए ।
दुवै प्रतिवादीलाई कैद भुक्तानका लागि आइतबार तनहुँ जिल्ला अदालतमा बुझाइएको छ ।