व्यास नपाले विद्यालयस्तरमा डेंगु सचेतनाका लागि अभिमुखीकरण गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास नपाले विद्यालयस्तरमा डेंगु सचेतनाका लागि अभिमुखीकरण गर्ने

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०८१, सोमबार

    दमौली । व्यास नगरपालिकाले विद्यालय स्तरमा डेंगु नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । गत आर्थिक वर्षमा नगरपालिका डेंगुले ग्रस्त भएपछि नगरपालिकाले यस पटक विद्यालयस्तरमा अभिमुखीकरण गर्न लागेको हो।

    वर्षायाम सुरु भएसँगै चालु आर्थिक वर्षमा डेंगु रोगका संक्रमितहरु देखिन सुरु भैसकेको र समयमै रोकथाम गर्न नसके पुनः महामारी फैलन सक्ने सम्भावना भएको हुँदा डेंगु नियन्त्रणका लागि सबै वडाका निजी तथा सामुदायिक विद्यालयमा अभिमुखीकरण गर्न निर्देशन दिइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

    सोतीले सबै वडामा खोज र नष्ट गर अभियान कार्यक्रमलाई निरन्तरता दिन भनिएको जानकारी दिए ।