साहित्यकार अधिकारीलाई एकैसाथ दुई पुरस्कार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    साहित्यकार अधिकारीलाई एकैसाथ दुई पुरस्कार

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०८१, सोमबार

    दमौली । तनहुँका साहित्यकार आकाश अधिकारीलाई एकैसाथ दुई पुरस्कार प्राप्त हुने भएको छ । अधिकारीलाई नेपाल र भारतका दुई संस्थाले पुरस्कृत गर्न लागेको हो ।

    जनमत वाङ्मय प्रतिष्ठानले अधिकारीलाई २०८० सालको दीपा–जनमत सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

    जनमत वाङ्मय प्रतिष्ठान नेपालको ४१ औं वार्षिकोत्सव तथा स्थापना दिवसका अवसरमा आगामी माघ १९ गते बनेपामा आयोजना हुने कार्यक्रममा अधिकारीलाई पुरस्कृत गरिने संस्थाले जनाएको छ। उक्त पुरस्कारको राशी दश हजार रहेको छ ।

    यसैगरी भारतस्थित सिद्धार्थ तथागत कला साहित्य संस्थानले अधिकारीलाई तथागत सिर्जना सम्मान-२०२४ प्रदान गर्ने भएको छ । उक्त सम्मान आगामी नोभेम्बर १० मा प्रदान गरिने संस्थाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।