कानूनको अधिनमा रहेर इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्नेछु : प्रहरी उपरिक्षक शाही
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कानूनको अधिनमा रहेर इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्नेछु : प्रहरी उपरिक्षक शाही

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०८१, सोमबार

    दमाैली । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक वीरेन्द्र शाहीले कानूनको अधिनमा रहेर जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । केही दिन अगाडी मात्रै तनहुँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका शाहीले सोमबार पत्रकारसँग भेटघाट कार्यक्रममा बोल्दै उनले कानूनको अधिनमा रहेर काम गर्ने उल्लेख गरे ।

    उनले भने, “प्रहरीले कानूनले गर भनेका कुरा गर्ने हो, जसको लागि राज्यले सङ्गठन बनाएको छ, जे जिम्मेवारी सुम्पिएको छ त्यो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नेछु ।”

    प्रहरी उपरिक्षक शाहीले लागुऔषध नेपालमै समस्या रहेकाले यसको नियन्त्रणका लागि प्रहरीले सबै पक्षसँग समन्वय गरेर काम गर्ने बताए । उनले भने, “प्रहरी एक्लैले यसको नियन्त्रण गर्न सक्दैन । घर समाज, बुद्धिजीवि, जनप्रतिनिधिको सहयोग आवश्यक पर्दछ ।”

    प्रहरी उपरिक्षक शाहीले कानूनको दायराभित्र रहेर समाजका लागि प्रहरीले काम गर्ने उल्लेख गरे । उनले भने, “विगतमा यही जिल्लामा फरक भूमिकामा बसेर कार्यरत थिए । यहाँको परिस्थितिका विषयमा मोटामोटी जानकारी छ । समयक्रम लामो बितेका कारण विकासक्रमका बारेमा विस्तृत रुपमा जानकारी लिनुपर्ने छ ।”