गुप्तेश्वर गुफामा भक्तजन (तस्बिर)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गुप्तेश्वर गुफामा भक्तजन (तस्बिर)

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०८१, सोमबार

    पाेखरा । साउनकाे दाेस्राे साेमबार पाेखराकाे प्रसिद्ध गुप्तेश्वर गुफामा भक्तजनकाे घुइँचाे लागेकाे छ । विभिन्न जिल्लाबाट पूजाआजा तथा दर्शनका लागि भक्तजन यहाँ पुगेका थिए ।

    पोखरा–१७ छोरेपाटनस्थित ‘गुप्तेश्वर महादेव गुफा’ ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्व बोकेको एक प्रमुख पर्यटकीय स्थल हो । पोखरा भ्रमणमा जाने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक गुप्तेश्वर महादेव गुफा अवलोकन गर्ने गर्छन् ।

    पोखराका प्रमुख पर्यटकीय स्थलमध्ये फेवाताल, पातलेछाँगो (डेभिज फल्स), पुम्दीभुम्दीको शान्ति स्तुप र गुप्तेश्वर महादेव गुफा एकै दिनमा अवलोकन गर्न सकिन्छ । जसले गर्दा त्यस क्षेत्रमा दैनिक स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो उपस्थिति रहने गर्छ ।

    जमिनबाट करिब १५० मिटर तल अवस्थित यस गुफाको पूर्वी भागबाट पातले छाँगोबाट खसेको झरनाको दृश्यावलोकन गर्न सकिन्छ । दक्षिण एसियाका सबैभन्दा ठुला गुफाहरूमा पर्ने यो गुफाभित्र मन्दिरहरू र ठुला खुला ठाउँ पनि रहेका छन् ।