दुर्घटनामा तनहुँको भानु निवासी सेनाका सिपाहीको मृत्यु, एक घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दुर्घटनामा तनहुँको भानु निवासी सेनाका सिपाहीको मृत्यु, एक घाइते

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०८१, बुधबार

    चितवन । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क नजिक कार र मोटरसाइकल ठोक्किँदा एक सैनिकको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

    मंगलवार साँझ ७ः२५ बजेको समयमा पोखरा बसपार्कबाट रामनगरतर्फ जाँदै गरेको बागमती प्रदेश०१–०२८ च ३२८९ नम्बरको कारमा बिपरित दिशाबाट आइरहेको ग २० प ८३१८ नम्बरको मोटरसाइकलको लेगाडले लाग्दा मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको पर्खालमा ठोक्किएको थियो ।

    मोटरसाइकल पर्खालमा ठोक्किदा नम्बर २ विपद् ब्यवस्थापन गण रसौली ब्यारेकमा कार्यरत तनहुं भानु नगरपालिका–१२ बस्ने अन्दाजी २७ वर्षीय सिपाही निगम नेपाली सार्की र बन्दिपुर गाउँपालिका–३ बस्ने वर्ष २६ को दिनेश थापा गम्भिर घाइते भएका थिए ।

    दुवै जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भएकोमा निगम नेपाली सार्कीको उपचारको क्रममा राति ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनक प्रवक्ता भेषराज रिजालले जानकारी दिए । अर्का गम्भिर घाइते दिनेश थापाको उपचार भइरहेको उनले बताए ।

    कार चालक धादिङ धुनिबेसी नगरपालिका–७ बस्ने वर्ष ४२ को राजु भण्डारी र कार जिल्ला प्रहरी कार्यालयचितवनको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।