तनहुँमा बढ्दै डेङ्गु, ९७४ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा बढ्दै डेङ्गु, ९७४ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २९ श्रावण २०८१, बुधबार

    दमाैली । तनहुँ जिल्लामा दिनप्रतिदिन डेङ्गु सङ्क्रमित थपिएका छन् । पछिल्लाे तीन दिनकाे अवधिमा जिल्लाभर एक सय ५२ डेङ्गु सङ्क्रमित थपिएका छन् । यससँगै मङ्गलबारसम्म जिल्लामा नाै सय ७४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय तनहुँले जनाएकाे छ । साउन २६ गतेसम्म आठ सय २२ सङ्क्रमित थिए ।

    स्वास्थ्य कार्यालय सूचना अधिकारी सुदीप कंडेलका अनुसार आँबुखैरेनीका सात सय २९, व्यास नगरपालिकाका ७६, शुक्लागण्डकी नगरपालिकाका एक सय १७, भिमाद नगरपालिकाका तीन, म्याग्दे गाउँपालिकाका सात, बन्दीपुर गाउँपालिकाका ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    एक्कासी ३ देखि ५ दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो ५ देखि ७ दिनसम्म रहिरहन सक्दछ । यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबरहरु आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशीहरु बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण भएको चिकित्सककाे भनाइ छ ।

    पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाईबाट बच्न मल्हम जस्ता सामग्री प्रयोग गर्नु, सँधै राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाईबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।