दमाैली । ‘स्थानीय सरकार र भाषा नीति’ मा विद्यावारिधी गरेका डा. बसन्त कंडेलले अध्ययनकाे शाेधग्रन्थ व्यास नगरपालिकालाई हस्तान्तरण गरेका छन् । व्यास नगरपालिकालाई अध्ययन क्षेत्र बनाएर कंडैलले ‘स्थानीय सरकार र भाषा नीति’ को विषयमा त्रिभुवन विश्वविद्यालयबाट गत वैशाख महिनामा विद्यावारिधी हासिल गरेका उनले उक्त अध्ययनकाे शाेधग्रन्थ बिहीबार नगरप्रमुख वैकुण्ठ न्याैपाने र प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेलाई हस्तान्तरण गरेका हुन् ।
शिक्षामा भाषा नीति, पारिवारिक भाषा नीति र सरकारी कामकाजको भाषा नीतिका क्षेत्रमा अनुसन्धानबाट प्राप्त नतिजा र सुझावलाई नगरपालिकाको भाषा नीति निर्माण र कार्यान्वयनका क्रममा सन्दर्भ सामाग्रीका रुपमा ग्रहण गर्ने कंडेलले विश्वास व्यक्त गरे । उनले भने, ‘एक अध्येताका लागि यो नै ठूलाे अपेक्षा हुनेरहेछ । मेरो अध्ययनका क्रममा सहयोग गर्ने नगरपालिकाका कार्यालय, वडा कार्यालय, भाषिक समुदाय र नगरवासी महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।’