गठ्ठाघर दुर्घटनामा: मृतक भनिएकी महिला नै प्रहरीको सम्पर्कमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गठ्ठाघर दुर्घटनामा: मृतक भनिएकी महिला नै प्रहरीको सम्पर्कमा

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०८१, बिहीबार

    काठमाडाै । भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनामा परी मृत्यु भएकी स्कुटर चालकको पहिचान अझै खुल्न सकेको छैन।

    यसअघि स्कुटर चालकको पहिचान खुलेको भन्दै एक महिलाको नाम र ठेगाना सार्वजनिक भएतापनि उक्त महिला स्कुटर चालक नभएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले पुष्टि गरे।

    उनले भने “एक जना व्यक्तिले उक्त शव आफ्नो बहिनीको हो भन्दै आउनु भएकाे थियो। तर पछि उहाँको बैनी सम्पर्कमा आएपछि उक्त शव उहाँको बैनीको नभएको पुष्टि भएको हो। शव क्षतविक्षत अवस्थामा छ। खुट्टाले मात्र चिन्न सकिने अवस्थामा छ। उहाँ क्नफियुज हुनुभएको हो कि, के हो यसबारे पनि अनुसन्धान सुरु गरेका छाैं। उहाँलाई पनि नियन्त्रणमा लिएका छाैं।”

    बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घट्नास्थलमै मृत्यु भएको तियो।

    प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङमा रोकिराखेको स्कुटरलाई ठक्क दिँदा स्कुटर चालक घट्नास्थलमै मृत्यु भएको हो।

    तीव्र गतिको ट्रकले करिब एक सय परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन्। चालकको शरीर क्षतविक्षत भएको छ भने परिचय अझै नखुलेको प्रहरीले जनाएको छ।

    घटनास्थलमा झोला र किताब–कापी भेटिएका छन्। दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका थिए।

    स्थानीय आन्दोलित भएपछि भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात केही बेर ठप्प भएको तियो। (नागरिक न्युजबाट)