मादी नदीले बगाएर बेपत्ता बालक फेला परेनन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मादी नदीले बगाएर बेपत्ता बालक फेला परेनन्

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०८१, बुधबार

    दमौली । तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा पौडी खेल्ने क्रममा सोमबार बगाएर बेपत्ता बालक अझै फेला पर्न सकेका छैनन् ।

    नदीले बगाएर बेपत्ता व्यास नगरपालिका–३ देउरालीनगर बस्ने १५ वर्षीय रोनाल थापा फेला नपरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साथीहरुसँग पौडी खेल्न गएका उनलाई नदीले बगाएर बेपत्ता भएको र उनको खोजी कार्य भइरहेको प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।

    उनले भने, “नदीले बगाउने सम्भावित ठाउँमा खोजी कार्य भइरहेको छ ।” उनीसँग पौडी खेल्न गएका अन्य दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक सोधपुछ गरिरहेको उनको भनाइ छ ।